काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले जस्तो पार्टीले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार भएको बताएका छन्। शनिबार भक्तपुरमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले एमालेले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार भएको बताएका हुन्।

उनले भने, ‘दूर्भाग्यको कुरा देशका लागि के हो भने एमाले जस्तो पार्टीले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार केन्द्रित हुन्छ। यथार्थता त यही हो नि। किनभने सामाजिक परिवर्तन र रुपान्तरणका विरोधी शक्तिहरु, आफ्ना छुद्र स्वार्थमा अल्झिएका शक्तिहरु सत्ता कब्जा गर्न सफल छन्।’

यस्तै उनले देशको अहितमा जनविरोधी र राष्ट्रघाती तत्त्वहरूको चर्को आवाज आउन थालेका हुँदा त्यसबाट जनतालाई मुक्त गर्न सक्नुपर्ने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here