काठमाडौँ — नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको शंखमुलस्थित कफीसपबाट खसेर निधन भएको छ । माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको माधव नेपालको सचिवालयका सदस्य नितेश पौडेलले जानकारी दिए ।

नेपाल प्रहरीको नयाँ बानेश्वर वृत्तका डीएसपी निशान्त श्रीवास्तवका अनुसार कफी सपको छतबाट खसेपछि उपाध्याय सख्त घाइते भइ उपचारका लागि अस्पताल लगिएको थियो ।

घटनाबारे छानबिन भइरहेको श्रीवास्तवले बताएका छन् । पेशाले इन्जिनियरसमेत रहेका उपाध्याय पछिल्लो समय नेकपा एकीकृत समाजवादीको राजनीतिमा सक्रिय थिए ।

उपाध्याय लडेपछि घाइते अवस्थामा दुई युवकले सुरुमा सिभिल अस्पताल लगेका थिए । थप उपचारका लागि उपाध्यायलाई माइतीघरस्थित अन्नपूर्ण न्युरोमा लगिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here