काठमाडाैं । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल- १ को छात खसेको छ ।

आज बिहान परेको मुसलधारे वर्षाका कारण छत खस्दा ६ जना घाइते भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

छत सवारीसाधन र ट्याक्सीमाथि खस्दा केही मानिस दबेका थिए । घटनाबारे दिल्ली फायर डिपार्टमेन्टलाई जानकारी दिइएको थियो । फायर डिपार्टमेन्टका चारवटा गाडी उद्धारका लागि घटनास्थलमा पुगेका थिए । छतको सिटबाहेक सपोर्ट बिम खसेकाले यात्रु ओसारपसार गर्ने सवारीसाधन दुर्घटनामा परेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here