काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले खेती योग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन राज्यको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् ।
२१औँ राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले जलवायु परिवर्तनले धानखेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्दै धान उत्पादन एवं उत्पादकत्व बढाउन सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाउनुपर्ने आजको आवश्यकता रहेको बताएका हुन् ।
धानबालीमा जलवायुमैत्री प्रविधिको अवलम्बन गराई उत्पादनमा वृद्धि गरी धान चामलको आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता गर्न र कृषि श्रमको सम्मान गर्ने संस्कृति बसाल्न आजको दिनले प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरे ।


























