काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आफूहरू स्वास्थ्य क्षेत्र सुधार गर्न लागी परेको बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्वास्थ्य क्षेत्रहरूको अनुगमन गरिरहेको तथा विभिन्न समिति गठन गरी स्वास्थ्य क्षेत्रमा सुधारको काम गरिरहेको बताएका हुन् । 

‘मैले सबै कुरा बुझेको छैन तर अनुगमनका क्रममा अधिकांश कुरा बुझ्दैछु,’ उनले भने, ‘मन्त्रालयका अतिरिक्त सचिवहरूलाई विभिन्न समिति गठन गरि काममा खटाएका छु ।’ नेपालमा औषधिको गुणस्तर, फार्मेसीको बेथितिको सुधारका लागि आफूले काम गरिरहेको उनको भनाई थियो। ‘बेडहरू नपाउने समस्या अन्त्य गर्नेदेखि बीमाको कार्यान्वयन गर्न टिम बनाएर काम अघि बढाएका छौँ,’ उनले भने, ‘औषधिको शुल्क निर्धारण समिति बनिसकेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here