काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन १ लाई जनयुद्ध दिवसका रुपमा मनाउने निर्णय कोसेढुङ्गा भएको बताएका छन् ।

शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले आज काठमाडौंमा गरेको कार्यक्रममा प्रचण्डले भने, ‘फागुन १ लाई राष्ट्रिय दिवसका रुपमा मनाउने औपचारिक र वैधानिक घोषणा भयो । जनयुद्ध दिवस बनाउने अर्को कोसेढुङ्गा हो ।’ आफू नेतृत्वको सरकारले जगडोलमा शहीद पार्क बनाउने तथा शहीदहरुको नाम राजपत्रमा समावेश गर्ने निर्णयलाई उनले ठूलो परिघटना भने ।

‘माओवादी आन्दोलन प्रभाव कमजोर भएर होइन । माओवादीका सबै धारहरु एकठाउँ हुँदा जबर्जस्त बल छ भनेर नै प्रतिक्रियावादीहरुले भ्रम छर्ने र घेरा हाल्ने षडयन्त्र गरिरहेका छन्’ प्रचण्डले भने, ‘माओवादी धार सबै एक ठाउँमा भएर लाखौं जनता उतार्ने हो भने माओवादीले फेरि विजयको यात्रा सुरु गर्न सक्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here