काठमाडाैं । जापानको राजधानी टोकियोमा भएको गभर्नरको चुनावमा युरिको कोइके पुनः निर्वाचित भएकी छन् ।

आइतबार भएको चुनावमा आफ्ना विपक्षीलाई फराकिलो अन्तरले पराजित गर्दै २९ लाखभन्दा बढी मत अथात् ४२.८५ प्रतिशत मत प्राप्त गरेको अन्तर्राष्ट्रीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनले हिरोसिमा प्रिफेक्चरका पूर्वमेयर सिन्जुकु इसिमारु र जापानको प्रमुख विपक्षी संवैधानिक डेमोक्रेटिक पार्टीका हाउस अफ काउन्सिलर सदस्य रेन्होलाई पराजित गरेकी थिइन् ।

आइतबारको चुनावमा कुल ५६ उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । कोइकेले वर्तमान गभर्नरको रूपमा अत्यधिक मतान्तरको नेतृत्व गरेकी थिइन् । जितपछि कोइकेले मानिसहरू समाज परिवर्तन गर्नको लागि केहि नयाँ वा कोही नयाँ हुन रुचाउँने बताइन् । आफ्नो मुख्य चुनौती उद्योगमा उल्लेखनीय रूपमा परिवर्तन भएकाले डिजिटल रूपान्तरणलाई कसरी अगाडि बढाउने भन्नेमा जोड दिइन् ।


स्लश कोष घोटालाका कारण एलडीपीले अप्रिलमा भएको प्रतिनिधिसभाको उप-चुनावमा पूर्ण पराजय बेहोरेको थियो भने मेमा शिजुओका गभर्नरेटरी चुनावमा समेत पराजित भयो । १९ जुलाई २०१६ मा टोकियोको गभर्नरमा निर्वाचित भएसँगै उनी यो पदमा पहिलो महिला बनिन् । त्यस्तै कोइकेले सन् २०२० मा अघिल्लो गभर्नेटर दौडमा भारी जित हासिल गरेकी थिइन् । उनले कोविड महामारी र सन् २०२१ मा भएको ग्रीष्मकालीन ओलम्पिक मार्फत जापानको सबैभन्दा जनसंख्या भएको सहरलाई सफलतापूर्वक मार्गदर्शन गरेकी थिइन् । गभर्नरशिप अन्तर्गत उनले विश्वविद्यालय प्रमाण र पूर्वाधार परियोजना सम्बन्धी विवादको समेत सामना गर्नु परेको थियो ।


यस अघि उनले वातावरणमन्त्री भएर सेवा गरेकी थिइन् । त्यस्तै उनी सन् २००७ जुनमा प्रधानमन्त्री शिन्जो आबेको पहिलो कार्यकालमा पहिलो महिला रक्षामन्त्री नियुक्त भएकी थिइन् ।


कोइके सन् १९९२ मा जापान न्यू पार्टीको सदस्यका रूपमा हाउस अफ काउन्सिलरमा निर्वाचित भएकी थिइन् । त्यसपछि उनी सन् १९९३ मा भएको ह्योगो दोस्रो जिल्लाको प्रतिनिधित्व गर्दै प्रतिनिधिसभामा निर्वाचित भइन् । उनी १९९६ मा प्रतिनिधिसभामा पुनः निर्वाचित भइन । सन् २००० को चुनावमा न्यु कन्जरभेटिभ पार्टीको उम्मेदवारको रूपमा जितिन् ।

युरिको कोइकेले सन् १९९० को दशकको प्रारम्भमा राजनीतिमा आउनुअघि टेलिभिजन समाचार एङ्करकाे रूपमा काम गर्दै पत्रकारको रूपमा आफ्नो करियर सुरु गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here