काठमाडौँ – काठमाडौँ उपत्यकामा होली मनाउने नाममा लापरवाहिपूर्वक तरिकाले चलाएका १ सय ५७ सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा १ सय ५७ सवारी–साधान होल्ड गरिएको  छ।

ट्राफिक प्रहरीले होल्ड गरेको मध्ये १३ वटा चारपांग्रे सवारी छन् । होल्ड गरिएका सवारी साधन साँझ ७ बजेमात्र जिम्मा लगाएने एसपी काफ्लेले बताए । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन र लागुऔषध सेवन गरेकोबारे चेकजाँच गरिरहेको छ । ६८ ठाउँमा ट्राफिक चेकिङ भइरहेको छ । ललितपुरको पुल्चोक, जावलाखेल र सातदोबाटोमा १५ वटा मोटरसाइकल होल्ड गरिएको ललितपुरका एसएसपीले जानकारी दिए ।  मोटरसाइकलमा दुईजना चढने, हेल्मेट नलगाएका र मापसे गरेकाहरुलाई होल्ड गरिएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here