काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले ७ वर्षसम्म कुशलतापूर्वक भूमिका निभाएको बताएका छन्। अखिल नेपाल महिला संघले बुधबार आयोजना गरेको ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा महिला मु्क्ति नामक पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीले ७ वर्षसम्म कुशलतापूर्वक भूमिका निभाएको बताएका हुन्।

यस्तै, अध्यक्ष ओलीले राष्ट्रपतिको सम्मानित ओहदाको समेत मर्यादा गर्नुपर्ने बताउँदै भने, ‘राजनीतिक स्वार्थ प्रेरितहरुले आफ्नो संकिर्ण स्वार्थमा ठेस लाग्दा वा पूरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहदाको समेत मर्यादा नगरेर बकवास गरेका हुनसक्छन्। त्यसको खास अर्थ छैन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here