काठमाडौँ – राष्ट्रपतिको निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा केहीबरमा मतदान सुरु हुने भएको छ । मतदानका लागि संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्यहरु बानेश्वर पुग्ने क्रम सुरु भएको छ ।
यसैबीच राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल संसद भवन पुगेका छन् । उनी मतदानस्थल परिसरमा मतदाताहरुसँगष् भेटघाटमा व्यस्त देखिएका छन् । मतदान बिहान १० बजेदेखि सुरु भएर दिउँसो ३ बजेसम्म जारी रहनेछ । त्यसपछि मतगणना गरेर आजै नतिजाा घोषण हुनेछ ।


























