काठमाडौँ – बिहीबार बिहान भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजमा ७८ जना यात्रु रहेको खुलेको छ । उक्त जहाजको इन्जिनमा उड्नेबित्तिकै आगलागी भएको थियो ।    उड्नेबित्तिकै इन्जिनमा आगलागी भएपनि चालकदलका सदस्यले विमान त्रिभुवन विमानस्थलमै सुरक्षित अवतरण  गराउन सफल भएका छन् । 

विमानस्थलका प्रबन्धक प्रताबबाबु तिवारीले विमानलाई सुरक्षित अवतरण गराइएको र सबै यात्रु सुरक्षित रहेको बताए । ‘उड्नेवित्तिकै विमानको दायाँ इन्जिनमा आगलागी भयो । तत्कालै विमानस्थलमा सुरक्षित अवतरण गराउन सकियो ।’

उनका अनुसार उडान नम्बर ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो । चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गरासँगै विमान काठमाडौँमै फर्काइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here