काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपतिको निर्वाचनमा भाग लिने निर्णय गरेको छ। बिहीबार बसेको रास्वपाको संसदीय दल र पदाधिकारी सहितका शीर्ष बैठकले लोकतन्त्रलाई बलियो पार्नका लागि राष्ट्रपतिलाई भाग  लिने निर्णय गरेको हो।

रास्वपाका सांसद सन्तोष परियारले भने, ‘बैठकमा राष्ट्रपति निर्वाचनबारे लामै छलफल गर्यौँ। यसबीचमा जे जस्ता राजनीतिक घटनाक्रम भए। त्यसले हाम्रा कतिपय निर्णाय समयमै हुन सकेनन्। हामीले राजनीतिक पार्टीका हिसाबमा जुन व्यवस्था स्थापित गरेका छौं।लोकतन्त्रलाई बलियो बनाउनका लागि राष्ट्रपतिको निर्वाचनमा भाग लिने छौं।’

उनले विसं २०७२ पछाडिको संविधानले परिकल्पना गरेको राष्ट्रपति भूमिका कस्तो रह्यो भन्नेबारे अध्ययन अनुसन्धान गरेको  दाबी गरे। उनले विगतका अनुभवका आधारमा लोकतन्त्र र संविधान रक्षाका निम्ती मतदान गर्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here