काठमाडौँ – राष्ट्रपति निर्वाचनमा कुल ८३१ मत खसेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको मतदानमा कुल ८३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
संघीय संसद् भवनमा जारी राष्ट्रपति पदको निर्वाचनको मतगणना आजै सम्पन्न गरी विजेतालाई प्रमाणपत्रसमेत प्रदान गरिने भएको छ । राष्ट्रपतिका दुई उम्मेदवार रामचन्द्र पौडेल र सुवास नेम्वाङका प्रतिनिधि तथा निर्वाचन आयोगका सदस्यबीच भएको छलफलमा सो सहमति भएको हो ।


























