काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका समर्थकले काठमाडौंमा प्रदर्शन गरेका छन्।

सरकारले उनलाई हटाउने षड्यन्त्र सुरु गरेको भन्दै उनीहरूले शनिबार माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।

डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुल बक्यौता विवादका कारण अहिले सरकार र प्राधिकरणबीच दूरी बढेको छ।

ठूला उद्योगलाई बिजुलीको महसुल छुट दिने चलखेल सरकारले गरेको भन्दै प्रदर्शनकारीले विरोध गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here