काठमाडौं – काठमाडौंको घण्टाघरमा पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टँदा चालकको मृत्यु भएको छ । पैदलयात्री घाइते छन् ।भोजपुरको षडानन्द गाउँपालिका–११ घर भई काठमाडौंमा बस्दै आएका अन्दाजी २३ वर्षीय सुजल छावुहाङ राईको मृत्यु भएको हो ।

घाइते भएका पैदलयात्री काठमाडौंको नैकाप बस्ने ५८ वर्षीय अशोककुमार महर्जनको  अस्पतालमा उपचार भइरहेको छ । आज बिहान करिब ७ बजे बा६५प ५६०८ नम्बरको मोटरसाइकल पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here