नुवाकोट : नुवाकोट ककनीका एक पुरुषलाई बलात्कार कसूरमा २३ दिन कैद सजायको फैसला भएको छ।  गाउँकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको कसूरमा  ५० वर्षीय सानुकान्छा बलामीलाई सो सजायको सुनाएको हो। जिल्ला अदालतद्वारा पीडितलाई क्षतिपूर्ति भराउनेसमेत फैसला भएको छ।

बलामीले किशोरीलाई २०७८ मंसिर २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले बलामीविरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा मंसिर २४ गते उजुरी दर्ता भएको थियो। जिल्ला न्यायाधीश मदनबहादुर धामीको एकल इजलासले गरेको अन्तिम फैसलामा अभियोगमा आंशिक दाबी पुग्ने ठहर गर्दै २३ दिन कैद सजायका साथ २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउन फैसला भएको नुवाकोट जिल्ला अदालतले जनाएको छ। 

सरकारी वकिलको कार्यालयले बलात्कार कसूर कायम हुनुपर्ने माग दाबी गरेर अदालतमा मुद्दा दर्ता गराएको थियो। पीडित बालिकाको स्वास्थ्य परीक्षण मंसिर २४ गते नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा गरिएको थियो। जिल्ला अदालतले बलामीलाई २०७८ पुस १४ गते ३५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here