काठमाडाैं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध भ्रष्टाचार गरेको भन्दै उजुरी दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनले कुलमानविरुद्ध प्रमाणसहित उजुरी गरेका हुन् ।

उनले आफ्नो उजुरीमा राज्यलाई करोडौँ रुपैयाँ घाटा हुनेगरी पीपीए गरेको उल्लेख गरेका छन् । ऊर्जा उत्पादक कम्पनीसँग विद्युत खरिदका लागि पीपीए गर्दा उक्त घोटाला भएको उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here