काठमाडाैं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक अवरुद्ध भएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गए राति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको हो ।
मंगललबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको सडक गए रातिको वर्षापछि अवरुद्ध भएको प्रहरीले जनाएकाे छ ।
सडक सञ्चालनको प्रयास जारी रहेको छ ।