काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । बुधबारको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन् ।

उनलाई कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ जनाले विश्वासको मत दिए । बैठकमा ४५ सांसद् उपस्थित थिए । उनको पक्षमा ३६ मत आउँदा विपक्षमा ८ मत परेको थियो । तटस्थमा १ मत परेको थियो ।

बैठकमा सहभागी माओवादी केन्द्रका ४ र एकीकृत समाजवादी पार्टीका ४ गरेर ८ जना प्रदेश सभा सदस्यले विपक्षमा मतदान गरेका छन् । स्वतन्त्र प्रदेश सभा सदस्य डा।ताराप्रसाद जोशी तटस्थ बसेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी खेमादेवी बिष्ट र माओवादी केन्द्रका ६ जना प्रदेश सभा सदस्य बैठकमा उपस्थित थिएनन् ।

गत असार १८ गते मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि कांग्रेस एमालेको समर्थनमा २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here