काठमाडाैं । रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ ।
पोल्याण्ड वार्सा नेसनल स्टेडियममा बुधबार राति भएको खेलमा एटलान्टालाई २-० गाेले पराजित गर्दै मड्रिडले उपाधि जितेको हो ।
रियल मड्रिडका लागि केलियन एमबाप्पेले डेब्यू गोल गरे । डेब्यु खेलमा उपाधि उचाल्दै उनले मड्रिडको यात्रा सुरु गरेका छन् ।
खेलको ५८औँ मिनेटमा फेडरिकले भिनिसियस जुनियरको पासमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यस्तै ,६८औँ मिनेटमा एमबाप्पेले जुड बेलिङघमको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।
यसअघि रियलले सन् २००२, २०१४, २०१६, २०१७ र २०२२ मा यूईएफए सुपर कपको उपाधि जितेको थियो ।