काठमाडाैं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) आज राष्ट्रिय सभामा टेबुल हुने भएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक बुधबार प्रतिनिधिसभाबाट पारित गरिएको थियो ।
विधेयक पारित भएको सन्देश बिहीबार कार्यालय समय शुरु भएलगत्तै राष्ट्रिय सभामा पठाइने छ । राष्ट्रिय सभा बैठकअघि बस्ने कार्यव्यवस्था परामर्श समितिले प्राप्त सन्देशसहित विधेयक टेबुल हुने कार्यसूची छ ।
राष्ट्रिय सभाका सचिवले सन्देशसहित प्राप्त विधेयक टेबुल गर्नेछन् । राष्ट्रिय सभा नियमावली अनुसार विधेयक टेबुल भएको दुई दिनपछिको बैठकमा छलफल हुने व्यवस्था भएकाले सोहीअनुसार छलफल गरी पारित गर्ने प्रक्रिया अघि बढ्नेछ ।