काठमाडाैं । नेपाल आयल निगमले पेट्रोल , डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य घटेर आएपछि नेपालमा मूल्य घटाइएको निगमले जनाएको छ ।
भारतबाट पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलमा २.९६ रुपैयाँ घटेर आएपछि नेपालमा प्रेटोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको विज्ञप्तिमा उल्लेख छ ।
घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।



























