काठमाडौँ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर फिल्म ‘हन्टर’ निर्माणको घोषणा गरिएको छ । निर्माण पक्षले फिल्मको मुख्य भूमिकामा अभिनेता अरुण क्षेत्रीलाई राख्दै निर्माण घोषणा गरेको हो ।

जीवन सिंहको निर्देशन रहने फिल्ममा अरुण क्षेत्री बाहेकका कलाकार छनोटका क्रममा छन् । जीवनले यसै फिल्मबाट निर्देशन डेब्यु गर्न लागेका हुन् । फिल्म एक्सन इन्टरटेनमेन्ट हुने निर्देशक सिंहले बताए ।

अरुणले भने ‘महापुरुष’, ‘प्रेमा’, ‘ज्याकी आईएम २१’ लगायत फिल्म काम गरिसकेका छन् । क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने फिल्मले सुदूरपश्चिमको कथा भन्ने छ ।  फिल्म निर्माणमा पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here