काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वातावरण प्रदूषणबारे सरकार संवेदनशील रहेको बताएका छन् । शुक्रबार राजधानीमा वायु प्रदूषणले बालबालिका, महिला तथा सीमान्तकृत समुदायमा पारेको असर सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले सो कुरा बताएका हुन् । 

‘जो जोलाई असर पारेको छ,’ उनले भने, ‘उहाँप्रति हामी यी विषयलाई सम्बोधन गर्न नीतिगत र संस्थागत सुधार गरेर  जाँदैछौँ ।’  मन्त्री ठकुरीले त्यसका लागि स्थानीय सरकार, स्वास्थ्य मन्त्रालय लगायत सरोकारवाला निकायसँग पनि समन्वय गर्ने बताए । नेपालमा वायु प्रदूषणले बालबालिका, महिला तथा सीमान्तकृत समुदायमा बढी  असर पारेको आयोजक पक्षको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here