काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले काठमाडौँको साँखुबाट सिन्धुपाल्चोक जाने सडक भासिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सडक भासिँदा काठमाडौँ र सिन्धुपाल्चोकका जनताको आवतजावत कष्टकर भएको बताइन् ।

‘काठमाडौँ क्षेत्र नम्बर २ साँखुबाट जहर्सिङ्गपौवा चौकिभज्याङ्गबाट सिन्धुपाल्चोक भोटे चौर काउले दोभान, सिन्धुकोट मेलम्ची जाने सडकको चौकिभज्याङ्गमा माथिल्लो भाग देखिनै भासिएर दुई जिल्ला आवतजावत गर्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको हुँदा स्थानीयको दैनिकी कष्टकर बनेको छ‚’ उनले भनिन्‚‘ एम्बुलेन्स  जस्ता आकस्मिक सेवा समेत बन्द हुँदा त्यस क्षेत्रका नागरिकहरूले धेरै समस्याको सामना गर्नु परेको छ ।’

उनले तत्काल वैकल्पिक बाटो खोल्ने र यथाशीघ्र  सडकको पहिरो मर्मत सम्भारसहित बाटो सञ्चालन लागि पहलकदमी गर्न ध्यानाकर्षण गराइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here