काठमाडौंँ । फिल्म ‘के घर के डेराः घर नम्बर २’ को छायाङ्कन पुरा भएको छ । २५ दिनको नियमित छायाङ्कनपछि फिल्म सकिएको हो । फिल्मको छायाङ्कन काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा गरिएको निर्माण युनिटले जनाएको छ ।

प्राविधिक, कलाकारहरुको सहयोगमा फिल्मको छायाङ्कन २५ दिनमा नै प्याकअप भएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए । फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासनासिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे लगायतका कलाकारको अभिनय छ ।

फिल्मले सामाजिक कथावस्तुलाई रमाइलो शैलीमा भनेको छ । युवराज कार्की कार्यकारी निर्माता रहेको यो फिल्मलाई माघको ११ गतेबाट रिलिज गर्ने घोषणा गरिएको छ ।  ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको व्यानरमा निर्माण भएको यो फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी छ । वुद्धिसागरले लेखेको कथालाई कृष्णबहादुर थापाले खिचेका हुन् । फिल्मलाई काठमाडौँमा रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here