काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले  ‘प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा झुट बोल्ने मान्छे सायद नेपालमा कोही नभएको’ भन्दै आक्रोश पोखेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा नगएर ओलीले झुट बोलेको आरोप लगाए ।‘ पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका ५६ जना विद्यार्थी दीक्षान्त समारोहका लागि जुम्ला गए । डा सन्दुक रूइत जानुभयो हामी गयौँ‚’ उनले भने‚‘लास्टमा म आउँदिन दीक्षान्त समारोह पछाडि सार भने ।’

उनले यो हुकुमी शासन हो भन्दै थपे‚ ‘त्यहाँ गरेको खर्च प्रमको व्यक्तिगत सम्पत्तिबाट असुल उपर गर्नुपर्छ ।’ प्रधानमन्त्री बिरामी भएको कुरा स्वीकार गर्न सकिने भन्दै उनले भने‚ ‘भ्युटावर भए दौडिएर जानुहुन्थ्यो होला । विश्वविद्यालय भएर जानुहुन्न ।’ उनले कांग्रेस र एमालेको भातृ सङ्गठनलाई सम्हाल्न समेत चुनौती पनि दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here