काठमाडौँ –  दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको फिल्म  ‘छक्का पञ्जा ४’  मा रहेको सहकारी सम्बन्धी एउटा संवाद हटाउन माग गर्दै राष्ट्रिय सहकारी महासङ्घले सोमबार चलचित्र विकास बोर्डमा निवेदन बुझाएको छ । महासङ्घका अध्यक्ष मीनराज कँडेलद्वारा हस्ताक्षरित निवेदनमा सहकारी क्षेत्रको विश्वसनीयतामाथि नै प्रश्न उठाउने खालको संवाद फिल्ममा प्रयोग भएको भन्दै आपत्ति प्रकट गरिएको छ ।

छक्का पञ्जा ४’ मा सहकारी सम्बन्धी लाञ्छनायुक्त एवं नारी अस्मितामा खलल पुग्ने संवाद रहेकोमा समग्र सहकारी अभियानको तर्फबाट महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ’ निवेदनमा अगाडि भनिएको छ ‘सहकारी क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उब्जिने उक्त कपोलकल्पित, भ्रामक, तथ्यहीन संवादको घोर भर्त्सना गर्दै भ्रम सिर्जना हुने उक्त संवाद तत्काल हटाउन अनुरोध गर्दछौँ ।

फिल्ममा महिलालाई भाग्ने सहकारीको रूपमा व्याख्या गरिएको संवाद छ । उक्त संवादप्रति सहकारी क्षेत्रका विभिन्न व्यक्तिहरूले आपत्ति जनाउँदै आएका छन् ।

हेमराज बिसीको निर्देशन रहेको फिल्ममा दीपक राज गिरी, बेनिशा हमाल, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुश्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ ।

फिल्मको कथा दीपकराज गिरीले आफैले तयार पारेका हुन् । नरेन्द्र मैनालीले छायाङ्कन रहेको फिल्म निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुतिमा निर्माण भएको फिल्मले राजनीतिक विषय कथाको रूपमा उठाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here