नयाँ दिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा हेलचेक्राइ गर्ने ९ सुरक्षा अधिकारीलाई कारवाही गरिने भएको छ । गत वर्ष प्रधानमन्त्री मोदीको पञ्जाब भ्रमणका क्रममा सुरक्षा कमजोरी गरेको अभियोगमा ९ सुरक्षा अधिकारीलाई कारबाही गरिन लागिएको हो । 

पञ्जाबको चुनाव प्रचारप्रसारमा जाँदा किसानको भीडले सडकमा अवरोध गर्दा मोदीको सवारी करीब २० मिनेटसम्म रोकिएको थियो । त्यतिबेला पञ्जाबमा भारतीय कांग्रेस नेतृत्वको सरकार थियो ।

किसानहरुले मोदीको यात्रा अबरोध गरेको घटनामाथि छानबिन गर्न सर्वोच्च अदालतले अवकाशप्राप्त न्यायाधीश ईन्दु मल्होत्राको नेतृत्वमा ५ सदस्यीय टोली गठन गरेको थियो ।

सो छानबिन टोलीले प्रतिवेदन बुझाए पछि केन्द्रीय गृहसचिव अजय भल्लाले पञ्जाबका मुख्यसचिव विजयकुमार जंजुआलाई दोषीमाथि कारवाही प्रक्रिया अगाडि बढाउन पत्राचार गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सो घटनामा मुख्यसचिव अनिरुद्र तिवारी, डीजीपी एस चट्टोपाध्याय, एसएसपी हरमनदीप सिंह, डिप्टी आईजी सुरजीत सिंहलाई दोषी देखाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here