काठमाडौँ । फिल्म ‘तेल भिसा’ को डबिङको काम सुरु भएको छ । आइतबार काठमाडौँको अनामनगरस्थित सम्राट फिल्मसमा डबिङ सुरु गरिएको हो ।फिल्मको पहिलो डबिङ अभिनेता विपिन कार्कीले गरे ।  विपिनको डबिङ अझै केही दिन चल्नेछ ।

विपिनसँगसँगै अभिनेत्री पुजा चन्दको पनि डबिङ भैरहेको निर्देशक शंकर घिमिरेले बताए । अभिनेता कार्कीले फिल्ममा आफ्नो दोहोरो भूमिका रहेको  डबिङ आफ्ना लागि बिशेष समय राख्ने बताए । ‘मैले फिल्ममा बुबा र छोराको भूमिका निभाएको छु । त्यसैले डबिङमा बिशेष ध्यान दिनुपर्ने छ’ कार्कीले भने ।

निर्देशक घिमिरेले नेपालमा रहेका कलाकारहरुको अब क्रमबद्ध तरिकाले डबिङको काम चल्ने र त्यसपछि फिल्मको साउण्ड मिक्सिङको काम गर्ने बताउँछन् ।‘हामीले अमेरिकामा भएको अधिकांश सुटको सिंक साउण्डमै काम गरेका छौँ । नेपाल भित्रको पार्टको डबिङमा लागेका हौं’ घिमिरेले थपे । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here