काठमाडाैं । सुदूरपश्चिम र कर्णाली प्रदेशबाट यस वर्षको मनसुन बाहिरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबार विशेष बुलेटिन जारी गर्दै नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको छ ।
महाशाखाले यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानबाट बाहिरिएको जनाएको छ ।
नेपालबाट सरदर अक्टोबर २ तारिखबाट मनसुन बाहिरिन्छ । यस वर्ष गत जेठ २८ गते पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको थियो।