काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ । उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन आज बिहान साढे ११ बजे  पार्टी कार्यालय बसुन्धारमा  बैठक बस्ने तयारी गरिएको भए पनि आचारसंहितालाई मध्यनजर गर्दै बैठक स्थगित गरिएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

आज १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ । जसपाका रामसहायप्रसाद यादव, एमालेकी अष्टलक्ष्मी शाक्य र  जनमतकी ममता झा  उपराष्ट्रपतिको प्रतिस्पर्धामा छन् । जसपाबाट उम्मेदवारी दिएकी  प्रमीला कुमारी यादवले रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेकी छन् ।

रास्वपाले राष्ट्रपतिमा सत्ता गठबन्धनको उम्मेदवारलाई सहयोग गरेकोले उपराष्ट्रपतिमा पनि गठबन्धनकै उम्मेदवारलाई सघाउन सकारात्मक रहँदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here