काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । पार्टी मुख्यालय च्यासलमा शनिबार बिहान ११ बजे बस्ने गरी बोलाइएको सचिवालयको ४० औँ बैठक २ घण्टा ढिलो गरी सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र निर्माण र उपनिर्वाचनलगायत विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

बैठकमा कोशी प्रदेशका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीको जापान भ्रमण र त्यसक्रममा भएका कमजोरीबारे समेत छलफल हुने एमाले नेताहरूले जनाएका छन् । अधिकारीले नक्कली कागजातका आधारमा आफूसँगै तीन जना मानिसलाई जापान लगेर मानव तस्करी गरेको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here