धनुषा । जनकपुरधाम उपमहानगरपालिका ११ का वडाध्यक्ष र वडा सचिव घुस रकमसहित पक्राउ परेका छन् ।
सेवाग्राहीसँग लिएको ५० हजार घुससहित बुधबार अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधाम उपमहानगरपालिका ६, रामजानकी हस्पिटल नजिकबाट वडाअध्यक्ष अर्जुनकुमार चौधरी र सचिव माधवकुमार रायलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो । जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्ने बहानामा घूस लिएको उनीहरुमाथि आरोप छ ।
स्रोतका अनुसार ५० हजार घुस रकम बरामद भएको छ । तर अख्तियारको टोलीले मुचुल्का तयार पारिसकेपछि मात्र थप विवरण दिन सक्ने बताएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।