पोखरा । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाका बारेमा गलत तथा अनर्गल प्रचार भइरहेको बताएका छन् । पोखराको फूलबारीमा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनमा बेला मौकामा कुनै वर्ग वा केही त्यसका अंशियारहरूले दुष्प्रचार गर्ने नियतले अनर्गल गाली र त्यसका प्रचारहरू हुने गरेको बताएका हुन् ।

उनले भने, ‘नेपाली सेनाले संविधान सम्भव निर्वाह गरिएका जिम्मेवारीहरूको बारेमा बेला मौकामा कुनै वर्ग वा केही त्यसका अंशियारहरूले दुष्प्रचार गर्ने नियतले अनर्गल गाली र त्यसका प्रचारहरू हुने गरेको तपाईं र हामीलाई यो सञ्चार तथा सामाजिक सञ्जालबाट प्रसारित हुने त्यस किसिमका भ्रामक प्रचारबाजीबाट तपाईं सबै टाढा रहनुपर्छ तपाईंहरूलाई जान्न इच्छा भएमा हाम्रा वेबसाइटहरू सम्बन्धित विभागका गरिएका परिपत्र, नेपाल सरकारबाट आएका आदेश तथा निर्देशनबाट नै प्रस्ट रूपमा कुरा बुझ्न सकिन्छ । अनर्गल प्रचारको पछि नलाग्नुहोला ।’

नेपाली सेनाको संख्याको विषयमा भइरहेका बहसप्रति आपत्ति जनाएका छन् । नेपाली सेनाको निर्धारण गर्ने काम स्वघोषित प्राज्ञ र स्वघोषित विज्ञ, सुरक्षा विज्ञ नभएर नेपाल सरकार रहेको बताएका हुन् । शर्माले भने, आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न के कति चाहिन्छ भन्ने कुरा नेपाल सरकारले निर्धारण गर्दछ । न कि कुनै एनजिओ, आइएनजिओमा बसेर आफैं स्वघोषित प्राज्ञ र स्वघोषित विज्ञ, सुरक्षा विज्ञ भन्नेहरूले गर्ने होइन नेपाल सरकारको काम हो भनेर भन्न चाहन्छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here