काठमाडौं । सरकारले आईजीपीमा नियुक्त गरेलगत्तै बसन्त कुँवर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न सिंहदबार पुगेका छन् । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले बसन्त कुँवरलाई लिएर सिंहदबार पुगेका हुन् ।
दुई दिनअघि मात्र एआईजीको फुली लगाएका ५ जनामध्येबाट वरियताको पहिलो नम्बरमा रहेका कुँवरलाई सरकारले आईजिपी बनाएको हो । वर्तमान आईजिपी सिंहले ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राती १२ बजेदेखि अनिवार्य अवकाश पाउँदैछन् ।
सरकारले कुँवरलाई आईजिपी बनाउने निर्णय गरेलगत्तै सिंह, कुँवरलाई आफ्नो गाडीमा राखेर सिंहदरबार आईपुगेका थिए ।कुँवरलाई सरकारले आजै आईजीपीमा नियुक्त गरेको हो ।


























