हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोश्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । ११० सदस्यीय प्रदेशसभाका ६७ सांसदले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिएका हुन् ।

फागुन ८ गते बुधबार नै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने तयारी गरे पनि नेपाली कांग्रेस अनुपस्थित हुने भएपछि प्रदेशसभाको बैठक दुईदिन सारिएको थियो । सभामुख भुवन पाठकका अनुसार मुख्यमन्त्री जम्कट्टेलको पक्षमा ६७ जाहेर गरेका थिए । जुन सदनमा उपस्थित सदस्य संख्याको बहुमत हो । उनको विपक्षमा १७ सांसद उपस्थितहुँदा ७ जना भने तटस्थ रहेका थिए । जम्कट्टेलको पक्षमा नेपाली कांग्रेस, माओवादी, नेकपा ९एस० र हाम्रो नेपाली दलले मत जाहेर गरेका थिए ।

प्रदेशसभामा कांग्रेस ३७, माओवादी केन्द्र २१, नेकपा एस ७ र हाम्रो नेपाली दलका २ सांसद रहेका छन् । ५६ मत भएको खण्डमा जम्कट्टेलाई बहुमत पुग्ने थियो । उनको विपक्षमा नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टी रहेको थियो । सदनमा एमालेको २७, राप्रपा १३ र नेमकिपाका ३ सांसद रहेका छन् । जम्कट्टेल सरकार गठन भएको ६७ औं दिनमा दोस्रो पटक सदनबाट विश्वासको मत प्राप्त गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here