काठमाडौँ । विदेश पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौँबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा घर भएर काठमाडौँ बस्ने ४९ वर्षीय पूर्ण बहादुर गिरी र खोटाङ घर भएर भक्तपुर बस्ने २० वर्षीय मिसन गुरुङ छन् ।

गिरीले अमेरिका पठाउँछु भनेर ३ जनाबाट २४ लाख ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । गुरुङले माल्टा पठाउँछु भनेर ३ लाख रुपैयाँ ठगेका हुन् । उनीहरूलाई कानुनी कारवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here