Coronavirus. COVID-19. 3D Render

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक हजार २ सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित बढेसँगै ६६ जना सक्रिय संक्रमित पनि बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले सबभन्दा बढी संक्रमित नेपाल भारतको कैलालीको धनगढीस्थित त्रिनगर नाकाबाट प्रवेश गरिरहेका छन् । भारतको उत्तरप्रदेश संक्रमण बढिरहेको छ । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा बुस्टर डोज सबैलाई लगाउन निर्देशन दिएको छ ।

अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here