काठमाडौं । नेपाली बजारमा साओमी थर्टिन लाइट सार्वजनिक भएको छ । साओमी नेपालले हालै थर्टिन सिरिजको नयाँ मोडेल नेपाली बजारमा सार्वजनिक गरेको हो ।
८ जीबी र्याम भएको यो फोन नेपाली बजारमा दुई स्टोरेज भेरियन्टमा १२८ जीबी र २५६ जीबी पाउन सकिन्छ । १२८ जीबी स्टोरेज भएको फोनको मूल्य ५४ हजार ९९९ रुपैयाँ र २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ५७ हजार ९९९ रुपैयाँ तोकिएको छ । यो फोनमा १२० हर्ज रिफ्रेसरेट सहितको ६.५५ इन्चको एमोलेड डिस्प्ले छ ।
फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरासहित ८ मेगापिक्सेलको अल्ट्रा वाइड, २ मेगापिक्सेलको म्याक्रो सेन्सर र ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । साथै फोनमा ८ मेगापिक्सेलको सेकेन्डरी फ्रन्ट क्यामेरा र डुअल फ्रन्ट एलईडी लेन्स पनि छ । फोनमा स्न्यापड्रागन ७ जेन १ चिपसेट प्रयोग गरिएको जनाइएको छ ।