काठमाडौं । नेकपा एमालेबाट आफूलाई निष्कासन गर्ने निर्णयको विरोधमा उत्रन भीम रावलले अपिल गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत् रावलले आफूलाई निष्कासन गर्ने एमाले सचिवालय बैठकको निर्णयको विरोधमा समर्थन खोजेका हुन् ।

‘सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु,’ रावलले एक्समा लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here