काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मर्यादाक्रममा प्रधान न्यायाधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्ष भन्दा तल राखेर प्रस्ताव गरिएको विधेयक संविधान विपरीत भएको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै संविधानको धारा २८४ ले प्रधान न्यायाधीशलाई सभामुख र राष्ट्रियसभा अध्यक्ष भन्दा माथि मर्यादाक्रममा राखेको स्मरण गराउँदै यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘मर्यादाक्रममा प्रधान न्यायाधीशलाई सभामुख र राष्ट्रियसभाको अध्यक्ष भन्दा तल राखेर प्रस्ताव गरिएको विधेयक संविधान विपरीत छ । संविधानको धारा २८४ ले प्रधान न्यायाधीशलाई सभामुख र राष्ट्रियसभा अध्यक्ष भन्दा माथि मर्यादाक्रममा राखेको छ । अन्य लोकतान्त्रिक मुलुकहरुमा पनि प्रधान न्यायाधीशको मर्यादाक्रम यही अनुरूप छ । संविधान निर्माणका समयमा तत्कालीन माओवादीले न्यायालयलाई संसदीय समिति अन्तर्गत राख्ने प्रस्ताव राखेको थियो । तर नेपाली कांग्रेसले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत जान हुँदैन भन्दै न्यायालयलाई स्वतन्त्र राख्नुपर्ने अडान राखेको थियो र त्यही अनुरूप भयो ।’

अन्य लोकतान्त्रिक मुलुकहरुमा पनि प्रधान न्यायाधीशको मर्यादाक्रम संविधानको धारा २८४ अनुसार हुने गरेको नेता कोइरालाको भनाइ थियो । माओवादीले न्यायालयलाई संसदीय समिति अन्तर्गत राख्ने प्रस्तावलाई कांग्रेसले अस्वीकार गरी शक्ति पृथकीकरणको सिद्धान्त विपरीत जान हुँदैन भन्दै न्यायालयलाई स्वतन्त्र राख्नुपर्ने अडान राखेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here