काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । क्यानले वैशाख ५ गतेदेखि १८ गतेसम्म हुने प्रतियोगितामा बुधबार २१ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

प्रतियोगितामा यू १९ राष्ट्रिय टिमका कप्तान देव खनालसमेत छन् । त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा १० राष्ट्रलाई दुई समूहमा विभाजन गरेर खेलाइने भएको छ ।

यस प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा कुवेत, सिंगापुर बहराइन, यूएई र हङकङ छन् । दुवै समूहमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल पुग्ने छन् । विजेता टोली एसिया कपका लागि छनोट हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here