काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले चैत २३ गतेदेखि सर्वसाधारणका लागि १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आइपीओ निष्कासन गर्ने भएको हो ।
यो मध्ये १ लाख ८ हजार ८११ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । यस्तै ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी १३ लाख ४६ हजार ९९३ कित्ताका लागि सर्वसाधारणले चैत २७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले बताएको छ ।
सो अवधिमा सबै सेयर बिक्री नभएमा २०८० वैशाख ७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले मोलुङको इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस रेटिङ प्रदान गरेको छ ।