काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । सरकारमा सहभागी हुने तयारीमा रहेको कांग्रेसले पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन सानेपामा बिहान ११ बजे बैठक बस्ने भएको हो ।

विस्तार हुन लागेको मन्त्रिपरिषद्मा पठाउने मन्त्रीहरु छान्न बैठक बस्न लागेको कांग्रेसले जनाएको छ । सोमबार मात्रै सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डामा मोटामोटी सहमति भएको छ । जसअनुसार कांग्रेसले ८ मन्त्रालय पाउने पक्का भएको छ । नेपाली कांग्रेस पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्व सहकारमा सहभागी हुने तयारीमा छ ।

कांग्रेसलगायत सत्ता गठबन्धन दलले मन्त्रीको नाम टुंगो लगाए आजै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here