काठमाडौं । सीजीले नयाँ वर्ष २०८० को उपलक्ष्यमा नयाँ वर्ष २०८० सीजीको उमंग नयाँपनको नाम उपहार योजना ल्याएको छ । सीजीको ग्राहकले सीजीका अत्याधुनिक सामाग्रीहरुका साथ २३५ सम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न उपहारहरु प्राप्त गर्न गरी उक्त योजना ल्याएको हो ।

यस उपहार योजना अन्तर्गत सीजीका एन्ड्रोइड टि।भि।, स्मार्ट टि।भि।, एयर कन्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम चेस्ट फ्रिजर र शोकेश तथा माइक्रोवेभ ओभनहरुमा आकर्षक क्यासब्याक तथा सिमित उत्पादनहरुमा पक्का उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार फ्लोर स्टानडिङ र क्यासेट एयर कन्डिशनरहरुको खरिदमा क्यासब्याक लगायत ५ हजार र स्पिलीट् एयर कन्डिशनरमा क्यासब्याक लगायत ४ हजार बराबरको जडान निःशुल्क रहेको छ । यस्तै सेमि–अटोमेटिक तथा टप लोडिङ वाशिङ मेशिनमा ९ सय २० रुपैया बराबरको २ केजीको एरियल म्याटिक उपहार पाइने छ भने फ्रन्ट लोडिङ वाशिङ मेशिनमा रु। २ हजार ५ सय रुपैया बराबरको ६ केजीको एरियल म्याटिक उपहार पाइने भएको छ । यो योजना चैत १३ देखि सीमित अवधिका लागि जारी रहेको कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here