काठमाडौं । वनप्लसले स्मार्टफोन वनप्लस ११ जुपिटर रक लिमिटेड एडिसन सार्वजनिक गरेको छ । कम्पनीले बृहस्पति ग्रहसँग मिल्दोजुल्दो हुने गरी डिजाइन गरिएको स्मार्टफोन सार्वजनिक गरेको हो ।

वनप्लस ११ जुपिटर रक’ फोनमा ६.७ इन्चको क्यूएचडी प्लससहित‍ १२० हर्ज रिफ्रेस रेट भएको ओलेड स्क्रिन, स्न्यापड्रागन ८ जेन २ प्रोसेसर र १०० वाटको फास्ट चार्जिङसहित ५,००० एमएएच ब्याट्री छ । त्यस्तै फोनको पछाडि मुख्य, अल्ट्रावाइड र टेलिफोटो सेन्सर ५०, ४८ र ३२ मेगापिक्सेलका छन् भने १६ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

कम्पनीले १६ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज क्षमता भएको फोनको मूल्य चीनमा ४८९९ चिनियाँ यूआन करिब साढे ९३ हजार रुपैयाँ तोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here