काठमाडौं । केटिएम अनलाइन टेलिभिजन तथा सांगेन कम्पनी लिमिटेडले जापानमा ‘नेपाल फिल्म तथा बहुभाषिक म्युजिक भिडियो अवार्ड–२०२३’ आयोजना गर्ने भएको छ ।  केटिएम अनलाईन टेलिभिजन तथा सांगेन कम्पनी लिमिटेडका अध्यक्ष दिपजोन गुरुङको संयुक्त आयोजनामा नेपाल फिल्म तथा बहुभाषिक म्युजिक भिडियो अवार्ड हुने भएको हो । 

अभिनेता बिशाल बिष्टको सभापतित्वमा आयोजित कार्यक्रममा पुरन जोशी, धीरेन शाक्य, रमेश उप्रेती, सविन श्रेष्ठ, प्रवण भुषाल, हाँस्य कलाकार उत्तम केसी, चलचित्र कलाकार संघकी उपाध्यक्ष कविता गेलाल, कलाकार कृष्ण सिवाकोटी, धर्मेन्द्र आचार्य लगायतका कलाकारको उपस्थिति रहेको थियो । नेपाली चलचित्र तथा बहुभाषिक म्युजिक भिडियोअन्तर्गत बहुविधामा पुरस्कार दिने, अग्रज कलाकारलाई सम्मान गर्ने र नेपाली चलचित्र तथा बहुभाषिक म्युजिक भिडियोको प्रवर्द्धन गर्ने उद्देश्यले अवार्ड गर्न लागेको बताइएको छ ।

अवार्ड कार्यक्रमका लागि विषयगत विज्ञ रहेको निर्णायक मण्डलले तोकिए बमोजिमको वार्ड सिफारिस गरिने आयोजकले जनाएको छ । २०८० बैशाख ३० गते अर्थात् १३ मे २०२३ का दिन जापानको टोकियोस्थित नाकानोमा हुने अर्वाड कार्यक्रममा अग्रज कलाकारलाई सम्मान गरिने भएको छ । साथै, नेपाली तथा जापानी लोकसंस्कृतिसम्बन्धी सांस्कृतिक कार्यक्रमसमेत हुने कार्यक्रममा जानकारी गराएको छ । अग्रजको सम्मान, वर्तमान पुस्ताको पहिचान’ भन्ने नारासहित आयोजना हुने उक्त कार्यक्रममा नायक-नायिका, गायक÷गायिका तथा अन्य प्राविधिक व्यक्तित्वलाई पनि सम्मान गरिने भएको छ ।

चलचित्र तथा म्युजिक भिडियोतर्फ उत्कृष्ट नायक र नायिका, उत्कृष्ट निर्देशक, गायक र गायिका, उत्कृष्ट छायाँकार, गीतकार, संगीतकार, कम्पोजर, एडिटर तथा अन्य प्राविधिक क्षेत्रका सर्जकलाई पुरस्कार प्रदान गरिने जनाइएको छ । सोहीअनुरुप बहुभाषिक म्युजिक भिडियोतर्फ उत्कृष्ट नायक र नायिका, मोडल, गीत, संगीत, गायक, गायिका, संगीतकार, एरेञ्जर, सम्पादन, कोरियोग्राफी, पोष्ट पोडक्टशन, मेकअप, हेयर तथा विधागत पुरस्कारद्वारा पुरस्कृत गरिने भएको छ । तोकिएका पुरस्कारहरू निर्णायक समितिले सिफारिस गरे बमोजिम हुने पनि बताइएको छ । अवार्ड आयोजक टिममा राजेन्द्र केसी, सरस्वती थापा ‘साहरा’, रिसप घिमिरे, डा। भक्त राई र अनिलकुमार अधिकारी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here