काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार १५१ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार जसमा ३४५ जनाको पीसीआर परीक्षण गर्दा ४९ जना र ८०६ जनाको परीक्षण गर्दा २७ जना कोरोना संक्रमित छन् ।
यस्तै कोरोनाका १६ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

हाल देशभर २ सय २७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here