सल्यान । सल्यानको कालीमाटी गाउँपालिकामा भरुवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु र तीन जना घाइते भएका छन् । स्थानीय बेलबहादुर आलेको घरमा भरुवा बन्दुक पड्किँदा छर्राले लागेर कालिमाटी गाउँपालिका ७ स्वायनवासकी ९ वर्षीया पुजा घर्तीको मृत्यु भएको हो भने छर्राले लागेर ३ वर्षीया देवी घर्ती, ५ वर्षीया यमुना आले र ८ वर्षीय तेजेन्द्र आले घाइते भएका हुन् ।

बेलबहादुर आलेको घरको आँगनमा राखेको भरुवा बन्दुक बालबालिकाले खेलाउँदै गर्दा पड्किएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताएका छन् । घाइते भएकी यमुना आलेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने अन्य दुई जनालाई नेपालगन्जमा उपचार गरिएको छ ।

प्रहरीले अहिले भरुवा बन्दुकसहित बेलबहादुर आलेलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here